Home / World News / अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १३२ जनाको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १३२ जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १३२ जनाको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २१ हजार ३२५ कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख ८ हजारको ज्यान भइसकेको छ । संक्रमित हुनेको संख्या १८ लाख ८० हजार पुगिसकेको छ । 

६ लाख २५ हजार ४१७ निको भइसकेको छन् । ११ लाख ४७ हजार संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । १७ हजार ११२ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ । 

अमेरिकामा अहिले जातीय आन्दोलन चर्किएको छ । अमेरिकाको ध्यान कोरोनाभन्दा पनि यो आन्दोलन मत्थर पार्नेतर्फ केन्द्रित छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *