Home / Nepal / कुवेतबाट धरान फर्किएका दुई युवतीमा कोरोना संक्रमण

कुवेतबाट धरान फर्किएका दुई युवतीमा कोरोना संक्रमण


विराटनगर । केही दिनअघि कुवेतबाट धरान फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।

कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदास महाराजको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टिन ल्याइएको थियो । स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएपछि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना देखिनेमा एकजना ४३ वर्षीया र अर्की ३७ वर्षीया महिला छन् ।

उनीहरू धरानकै बासिन्दा हुन । दुवै जेठ २९ गते नेपाल आएर जेठ ३२ गते धरान आएका थिए । एन्फा क्वारेन्टिनका ४५ जनाको स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *