Home / Nepal / नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए ।  उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।  असार ६ गते सार्वजनिक गरिएको रिपोर्टका अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । सोही दिन शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *