Home / Nepal / News / बीरगन्जमा आज बिहान एक कोरोना संक्रमितको मृत्यु

बीरगन्जमा आज बिहान एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा आज बिहान एक पुरुषको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका– २० का ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

संक्रमित पुरुषको आज बिहान एक बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतकको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते कोरोना पुष्टि भएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *