Home / Nepal / News / कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने

कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने

काठमाडौं : कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार पुसको अन्तिम सातामा नतिजा सार्वजनिक गर्ने भनिए पनि परीक्षाको शैलीमा परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको हो।

वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए। १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए। परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *