Home / Politics / ‘यो सरकार आएपछि नागरिक विदेश जान थालेका होइनन्,हामी रेमिट्यान्सबाट सरकार चलाउन चाहँदैनौँ- केपी ओली

‘यो सरकार आएपछि नागरिक विदेश जान थालेका होइनन्,हामी रेमिट्यान्सबाट सरकार चलाउन चाहँदैनौँ- केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जिफन्टले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वर्तमान सरकार बनेपछि मात्रै नागरिक विदेश जाने अवस्था सिर्जना नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले यो सरकार बन्नुभन्दा अगाडिदेखि नै नागरिक विदेशमा गएर श्रम बेच्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सरकार लागिपरेको बताए। विप्रेषणबाट सरकार चलाउनुपर्ने बाध्यताको अन्त्य गर्न चाहेको पनि बताए।

प्रधानमन्त्री ओलीले सरकारले केही पालिकाहरुमा औद्योगिक ग्राम स्थापना गर्न लागेको पनि बताए।उनले भने ` हामी रेमिट्यान्सबाट सरकार चलाउन चाहँदैनौँ। यहीँ रोजगारी सिर्जना गर्न चाहन्छौँ´।

आज (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकले सो विषयमा निर्णय गर्ने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *