Home / Politics / आज पाचौं संविधान दिवस मनाइदै

आज पाचौं संविधान दिवस मनाइदै

काठमाडौं: संविधान दिवसलाइ रास्ट्रीय दिवसको रुपमा मनाउदै आज शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना हुदैछ।

कोरोनाभाइरसका कारण सावधानी अपनाउँदै देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा वर्षेनी मनाइँदै आइएको छ। रास्ट्रपति बिद्यादेवि भन्डारीले आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसले समृद्ध नेपाल सुखी नेपाली परिकल्पनालाई पूरा गर्न सबैलाइ प्रेरणा दिने बिश्वास गरेकी छिन।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार हुन सबै सामु आग्रह गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालिरहेका कदमको प्रसङ्सा गरेकी छिन।

यस्तै गरेर नेपाल सरकारले चालेको कोरोना भाइरस नियन्त्रणको प्रयासले कोरोना नियन्त्रणमा चाँडो सफलता मिल्ने अपेक्षा उनले गरेकी छिन् । यसैगरी आज प्रधानमन्त्री केपि शर्मा ओलिले रास्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *