Home / Nepal / News / अजय देवगन, अक्षय कुमार,सहित ३८ भारतीय सेलेब्रेटी विरुद्ध मुद्दा

अजय देवगन, अक्षय कुमार,सहित ३८ भारतीय सेलेब्रेटी विरुद्ध मुद्दा

मुम्बई : बलिउडका सुपरस्टार सलमान खान, अक्षय कुमारलगायत ३८ बलिउडकर्मीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूविरुद्ध बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो।

सन् २०१९ मा हैदराबादमा चार पुरुषले एउटी किशोरीलाई बलात्कारपछि जिउँदै जलाएका थिए । उक्त घटनाको चर्को विरोध भएको थियो। बलिउड सेलिब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख र आक्रोश व्यक्त गरेका थिए। सोही क्रममा बलिउड सेलिब्रिटीहरूले पीडितको पहिचान खुल्ने गरी पोस्ट गरेको भन्दै अहिले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।

नवभारत टाइम्सका अनुसार अभिनेता अजय देवगन, अक्षय कुमार, सलमान खान, अभिनेत्री रकुलप्रित सिंहसहित ३८ भारतीय सेलिब्रिटीहरूमाथि उक्त आरोप लागेको छ। साउथ कलाकारहरूको नाम पनि त्यसमा मुछिएको छ।

दिल्लीका वकिल गौरव गुलाटीले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन्। आफ्नो उजुरीमा उनले भनेका छन्, “अरूका लागि उदाहरण बन्नुपर्नेमा भारतीय सेलिब्रिटीहरू नियम तोड्दै पीडितको पहिचान उजागर गरिरहेका छन्।” उनले आफ्नो उजुरीमा यी कलाकारहरूलाई तुरुन्त पक्रिनुपर्ने पनि माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *