काठमाडौं : बाजुराको दुर्गम गाउँमा पहिरोले बाटो अवरुद्ध भएपछि कोभिड–१९ विरुद्धको खोप बोकेर लगिँदै छ।
बाढी र पहिरोले बाटो अवरुद्ध भपछि विभिन्न दुर्गम क्षेत्रमा अहिले कोभिड–१९ विरुद्धको सहित अरू नियमित खोप तथा स्वास्थ्य सामग्री पनि यसरी नै ढुवानी गर्ने गरिएको छ ।
आफ्नो फेसबुकमा तस्बिरहरू पोस्ट गर्दै युनिसेफ नेपालले दुर्गम भेगमा खोप ढुवानी निकै चुनौतीपूर्ण रहेको जनाएको छ।






