Home / Sports / ब्राजिलको सहज जित

ब्राजिलको सहज जित

काठमाडौं : ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुआत गरेको छ। आयोजक टोली ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो।

आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो। स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा ब्राजिललाई जित दिलाउन मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक–एक गोल गरे। खेलको २३ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा रिचार्र्लिसनले गोल गरे पनि भिएआजरले मान्यता दिएन।

६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो। पेलेको कीर्तिमानभन्दा नेयमार १० गोलले पछि छन्।

८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए। जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले ३ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *