Home / Society / सिरहामा उच्च शिक्षा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण

सिरहामा उच्च शिक्षा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण

लहान : सिरहाको गोलबजार नगरपालिका– ९ वडा कार्यालयले उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण गरेको छ।

जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीको मनोबल बढाउँदै दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको हो ।

वार्ड नं ९ का वडाध्यक्ष रामपुकार कामतीका अनुसार विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले ‘समाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ साइकल वितरण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *