Home / Sports / दिल्ली द्वारा पहिले ब्याटिङ गर्दै आज पनि सन्दिप टोलिमा परेनन

दिल्ली द्वारा पहिले ब्याटिङ गर्दै आज पनि सन्दिप टोलिमा परेनन

इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले फिल्डिङ भिड्दै छन् ।

आजको खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बेन्चमा नै बस्ने भएका छन् । दिल्लीले आजको खेलम दुई परिवर्तन गर्दा पनि सन्दिपलाई स्थान दिएन । अमित मिश्रा र आभेश खानले सुरुवाती ११ मा स्थान पाएका छन् ।

हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले सुरुवाती ११ मा स्थान बनाउने छन् भन्नेमा धेरै जना आशावादी रहे पनि दिल्लीले पन्जाब विरुद्धको अघिल्लो खेलमा पनि सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएको थिएन ।

यस सिजन चेन्नाईको आजको खेल तेश्रो हुनेछ भने दिल्ली आफ्नो दोश्रो खेल खेल्न लागेको हो । चेन्नाईले प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो भने राजस्थानसँग १६ रनको हारको सामना गरेको थियो । दिल्लीले भने सुपर ओभरमा किंग्स ११ पन्जाबलाई पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो ।

हाल सम्म यि दुई टोली आईपीएलमा २१ पटक भिडेका छन् । जसमा चेन्नाईले १५ वटा खेल जितेको छ भने दिल्लीको नाममा छ जित मात्र रहेको छ । गत बर्षको संस्करणमा तीन पटक भिड्दा तीन खेल नै दिल्ली पराजित हुन पुगेको थियो । क्वालिफायर्समा दिल्लीलाई छ विकेटले पराजित गर्दै फाइनलमा पुगेको चेन्नाई मुम्बईसँग एक रनले पराजित हुँदै उपाधि चुम्नबाट बन्चित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *