काठमाडौं । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् ।
उनको शव मकवानपुरको मान्डी हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
बानियाँ अन्तिमपटक बल्खुमा देखिएका थिए । सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेको हुनसक्ने र खोलाले बगाएर मकवानपुर पुर्याएको प्रहरी भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।
स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।






