काठमाडौं : अमेरिकाले गएरातिदेखि डीभी खुला गरेको छ।
गएरातिदेखि कात्तिक २३ गतेसम्म डीभीका लागि आवेदन दर्ताको समय रहेको जनाइएको छ।
डीभी भर्नका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ। इडीभी फारम भर्नुपर्ने छ भने आवेदन भर्दा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न सकिनेछ। उनीहरुलाई समावेश नगरी पेस गरिएको आवेदन भने अमान्य मानिनेछ ।





