काठमाडौं । नयाँ पुस्ताका श्रोतामा लोकप्रिय गायक टुन्नाबेल थापाका गीतहरुको लोकप्रियता दिनानुदिन बढन थालेको छ । उनका गीतको युटयुबमा लाखौं भ्युज मात्र छैनन सयौंले कभर गीत पनि तयार गरेकाछन ।
पछिल्लो समय नव गायक अर्जुन कटवालले गायक थापाको लोकप्रिय गीत बुझनेलाई गीतको रिमेक भर्जन तयार गरेका छन ।
उनको सो गीत भिडियो सेयरिङ साइट युटयुब मार्फत सार्वजनिक भएको छ ।
गीतमा आलोक गौतमले फिचरिङ गरेकाछन ।
गायक कटवालकै संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्माण सुजन श्रेष्ठ तथा ब्रदर्श स्टुडियोले गरेको हो ।






