काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन।
बिहीबार बिहान १० बजे उनले आफूँ पक्षीय एमाले स्थायी कमिटी बैठक बोलाएका ओली बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।
भण्डारी सँगको भेट पछि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण नियन्त्रण र अन्य मामिलामा पनि छलफल र निर्णयहरु हुन सक्ने अनुमान गरीएको छ।
प्रधानमन्त्री ओलिले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय यस अघी नै गरी सकेका छन।






