Home / Society / अमेजिङ युनान: सांग्रिला कल्चरल एक्सचेञ्ज हुदै

अमेजिङ युनान: सांग्रिला कल्चरल एक्सचेञ्ज हुदै

काठमाडौं । नेपाल चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी हुने भएको छ ।

नयाँ बानेश्‍वरमा रहेको होटल एभरेस्टमा भोलि (शुक्रबार) बाट फोटो प्रदर्शनी हुने भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्‍न कार्यक्रम आयोजना गर्ने तयारी भए पनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । 

सांस्कृति र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्बिरहरु प्रदर्शनीमा राखिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *