काठमाडौं : कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाइएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्यरुपमा सातदिन क्वारेन्टिन बसेपछि जाँच गरेपछि मात्रै गन्तब्यमा जान पनि अनुरोध गरेको छ।
नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बसी परीक्षण गरेरमात्रै गन्तव्यमा जान पनि सरकारले अनुरोध गरेको छ।






