Home / Nepal / News / तिब्र जनबिरोध पछी पूर्व राजा ज्ञानेन्द्रले पास पाए

तिब्र जनबिरोध पछी पूर्व राजा ज्ञानेन्द्रले पास पाए

काठमाडौं । लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ।

सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो भने बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरका अनुसार सुरुमा स्वीकृति दिएको तर गृहले केही प्रक्रिया नपुगेको भनेर रद्द गरेको थियो।

त्यसपछि हिजो नै प्रक्रिया मिलाएर स्वीकृति आइसकेको रानामागरले बताए।


प्रशासनले स्वीकृति दिएपछि आज बिहान पूर्व राजा शाह काठमाडौँ हिँडेको सिडिओ राना मगरले जानकारी दिएका छन।

फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्व राजा परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो।

पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका थिए।

दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ। पूर्व रानी कोमल सहित शाह परिवार झापामा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *