कलैया । मधेस प्रदेशका अर्थ राज्यमन्त्री माननीय उषा यादवद्वारा चर्चित राजनीतिक एवं मिडिया प्रशिक्षक एवं संचारकर्मी आनन्द शर्मा सम्मानित भएका छ्न । शर्माको उज्ज्वल भविष्यको कामना सहित समाजको सकारात्मक परिवर्तनका लागि शर्मा बाट आवश्यक सहयोग पुग्नेछ भन्ने बिश्वास समेत रहेको राज्यमन्त्रीले बताइन।
शर्मा मधेस प्रदेश स्थित बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन् । हाल उनी कलैया उपमहानगरपालिकाको वडा नम्बर ६ मा बसोबास गर्दै आईरहेका छ्न । उनले भोगेका असफलताहरु बाट नै पाठ सिकेर अब अरु नेपालीहरुलाई असफल हुनु नपरोस् भनी प्रशिक्षण पेशामा आएका हुन ।
तर आज उनी सफलतापुर्वक प्रशिक्षक को रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत देशको नाम सहित आफ्नो नाम चिनाउन सफल भइरहेका छन् । जीवनमा असफलताहरुबाट नडराई निरन्तर प्रयास गरे सफलता अवश्य नै प्राप्त हुने कुराको एक उदाहरण समेत बनेका छ्न । शर्मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु द्वारा सम्मानित भईसकेका छ्न । जी न्यूज नेटवर्क प्रा. लि. का प्रबन्ध निर्देशक समेत रहेका शर्मा पत्रकार/एन्करको रूपमा पनि चर्चित रहेका छ्न ।
राजनीतिक तथा मिडिया प्रशिक्षणमा शर्माको लामो अनुभव रहेको छ । उनी आफ्नो तालिमहरुको द्वारा धेरै नै व्यक्तिहरूलाई राजनीति तथा सञ्चार क्षेत्रमा जीवन उकास्न प्रेरणा दिएका छ्न ।आनन्द शर्मा आफ्नो प्रशिक्षणको माध्यमले सम्पुर्ण नेपाली हरुको मन जित्दै सफलताको बाटोमा हिडिरहेका छ्न ।
सम्पुर्ण नेपालीहरुलाई सफलता दिलाई राष्ट्रलाई समृद्ध बनाउने शर्माको उद्देश्य रहेको छ ।






