प्युठान: आफ्नै २५ महिने छोरीको हत्या गरेको अभियोगमा प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्बर १ , डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
२५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ।
छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।






