Home / Nepal / News / कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर, एकजनाको मृत्यु

कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर, एकजनाको मृत्यु

काठमाडौं : काठमाडौंको कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिएको छ । ट्रकको ब्रेकफेल भएको प्रहरीको अनुमान छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ढुङ्गेअड्डा–कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो। ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृतक सडकपेटीमा बस्दै आएका नागरिक भएको प्रहरीले जनाएको छ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो। पछि ट्रक बिजुलीको पोलमा पुगेर ठोक्किएको थियो । बिजुलीको पोलसमेत भाँचेर टहरामा पुगेर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *