काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप १४ जनाको मृत्यु भएको छ।
यसैगरि कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार मात्रै १ हजार ४ सय भन्दा बढिमा देखिएको संक्रमण हिजो भने केही घटेको छ।
कोरोना सक्रिय संक्रमीतको संख्या १५ हजार २ सय ६० रहेको छ भने कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ।
हाल सम्म ८ लाख ३१ हजार भन्दा बढिको कोरोना संक्रमण टेस्ट गरिसकिएको छ। कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।






