एजेन्सी : – भारतमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ । भारतका राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको भारतीय संचार माध्यमले जनाएका छन ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा बुधवार बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महसूस गरिएको जनाएको छ ।
राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो भने मेघालय तथा लेह–लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसूस गरिएको थियो।






