लाहोर । लाहोरबाट उडान गर्ने एक पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्स एयरबस ए ३२० कराचीको बाक्लो जनसंख्या भएको मोडेल कालोनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
९१ यात्रु र ८ चालक दलका सदस्यहरु बोकेको कल साइन पिके ८३०३ जिन्ना अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्न क्रममा सो दुर्घटना भएको हो ।

प्रान्तीय स्वास्थ्य अधिकारीहरूले कम्तिमा ३७ व्यक्तिको मृत्युको पुष्टि गरेकाछन । ज्यादै बढी संख्यामा मृत्यु हुने डर छ । कम्तिमा दुई यात्रुहरू बाँच्न सफल भएका छन ।

पाईलटले ईन्जिन पावरको नोक्सानी बारे रिपोर्ट गरेका थिए ।
दुर्घटनाको कारण थुप्रै घरहरू नष्ट भएकाछन ।
विमानले एयर ट्राफिक कन्ट्रोलको सम्पर्क बाहिर भएको केहि समय पछि सो दुर्घटना भएको थियो







