भरतपुर : नारायणगढ–मुग्लिन सडक अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो का कारण अवरुद्द यातायात अझै सञ्चालनमा आउन सकेको छैन।
१४ किलोमा खसेको ढुंगो हटाउन ब्रेकरले निरन्तर काम गरिरहेता पनि अझै यातायात खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनु भएको छ ।
अहिले पनि पहिरो हटाउन चार वटा मेशिन प्रयोग गरीए पनि सडक सुचारु हुन अझै केही समय लाग्ने ट्राफीक प्रहरीले जनाएको छ।
अहिले चार किलोमा खसेको पहिरो हटाउने काम जारी रहेको उनले जानकारी दिए ।