Home / Society / सुनसरीको इनरुवामा भिषण आगलागी, धुँवाका कारण बजार पूरै छोपियो

सुनसरीको इनरुवामा भिषण आगलागी, धुँवाका कारण बजार पूरै छोपियो

इटहरी । सुनसरीको  इनरुवा नगरपालिकामा भिषण आगलागी भएको छ । 

बिहान हनुमान बस्त्रालयबाट सुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागीबाट चार पसलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको छ ।

घटनास्थलमै रहेका इनरुवाका पत्रकार इकवाल आलमका अनुसार आगोको लप्कासँगै उठेको धुँवाका कारण इनरुवा बजार पूरै छोपिएको छ । 

नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । 

तर, विद्युत सर्ट भइ आगलागीको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *