Home / Society / नेपालगन्जमा क्षतबिक्षेत अवस्थामा बेबारीसे खुट्टा भेटियो

नेपालगन्जमा क्षतबिक्षेत अवस्थामा बेबारीसे खुट्टा भेटियो

नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेज पछाडिको आँप बगैँचा नजिकै मान्छेको काट्टिएको खुट्टा भेटिएको छ । शनिबार बिहान क्षतविक्षत अवस्थामा मान्‍छेको खुट्टा भेट्टिएको प्रहरीले जनाएको छ ।

शुक्रवार नेपालगन्जमा भएको सडक दुर्घटनामा घाइते भएका एक बिरामीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा सल्यक्रिया गर्दा खुट्टा काट्नु परेको थियो ।

सोही काटिएको खुट्टा फालिएको हुनसक्ने भन्दै प्रहरीले खुट्टा लिएर गएको बुझीएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले बेलाबेलामा गैर जिम्‍मेवार तरिकाले यस्ता चिज फाल्ने गरेको स्थानियले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *