धनकुटा: धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ९ मा घर भत्किएर एक बालिकाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका ९ का धनबहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो।
निरन्तर वर्षा र कमजोर सम्रचनाका कारण घर भत्किएको र सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बालिक सहित घरमा बाधिएका गाई भैंसी लगायत चौपाय पनि पुरिएका छ्न। घर पुरीदा घरमुली धर बाहादुर लिम्बू समेत सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।






