Home / Society / राजधानीको कालिमाटीमा मासु नपकाएको निहुँमा २२ बर्षिय युबतिको ज्यान गयो

राजधानीको कालिमाटीमा मासु नपकाएको निहुँमा २२ बर्षिय युबतिको ज्यान गयो

काठमाडौं- राजधानीको कालिमाटीमा डेरा गरी बस्ने ललितपुरको ठेचोका २३ वर्षीय एक युबकलाइ श्रीमतीको हत्या आरोपमा प्रहरीले एक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका ठेचो घर भई कालिमाटी बस्ने सुरज परियार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गत शुक्रबार राति साढे ११ बजेतिर सुरजकी श्रीमती २२ की वर्षीया मिरा सुन्दास परियारलाइ कालीमाटीस्थित कोठा भित्र घाँटीमा सल कपडा बेरिई बेहोस अवस्थामा फेला परेको दावीसहित उनकी दिदी रुपा सुन्दास समेतले वीर अस्पताल लगेकोमा त्यही मृत्यु भएको थियो।

घटनाको जानकारी पाए लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका हुन। उनीहरुबीच मासु नपकाएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *