जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिका बुधबार बलत्कृत भएकी छिन।
रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्ने क्रममा उनी बलत्कृत भएकी हुन।
बालिकालाई सोही नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेका हुन।
बलात्कार पश्चात बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले थप उपचारकालागी बिहीबार नेपालगञ्ज पठाइएको छ।
अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।






