Home / Nepal / एनसीबी बयानमा रियाले भनिन्- घरमा सुशान्तका लागि ड्रग्स आउने गर्थ्यो

एनसीबी बयानमा रियाले भनिन्- घरमा सुशान्तका लागि ड्रग्स आउने गर्थ्यो

एजेन्सी । सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा आइतबार एनसीबीले मुख्य आरोपित रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गर्‍यो । सोधपुछका क्रममा रियाले एनसीबीलाई ड्रग्स किन्‍ने स्वीकारेकी छिन् । यद्यपि उनले आफूले भने कहिले पनि ड्रग्स नलिएको बताएकी छिन् ।

रियाले बयानमा भनेकी छिन्, “घरमा जति पनि ड्रग्स आउँथ्यो त्यो सुशान्तको लागि आउँथ्यो ।” उनले सुशान्तका लागि त्यो लिन जाने तर आफूले भने कहिले प्रयोग नगरेको बताएकी छिन् ।

यसअघि रियाका भाइ सोविक र एनसीले यस मामिलामा समातेका अन्य आरोपितले पनि सुशान्तका लागि ड्रग्स दिने गरेको स्विकारेका थिए । रियालाई सोमबार (आज) पनि एनसीबीले सोधपुछको लागि बोलाएको छ ।

रिया, उनका भाइ सोविक र सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएलबीच ड्रग्सबारे च्याट भेटिएपछि एनसीले यी तीनैलाई यस मामिलामा शंकाको घेरामा राखेर सोधपुछ गरिरहेको छ । 

शुक्रबार रिया र साम्युएलको घरमा छापा मारेको थियो, त्यसपश्चात साम्युएल र सोविकलाई हिरातमा राखेको छ । -नवभारत टाइम्स

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *