Home / Nepal / News / नेपालमा कोरोना भाइरसका ९८० संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका ९८० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएको जानकारी दिए । 

जसमा २९०  महिला र ६९० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६३ प्रतिशत रहेको छ ।

आज देशभरका हजार १० जनाको ३८२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण गरिएको छ । 

देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा २१ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा १०९ जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् ।  मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *