Home / Nepal / News / जापानको दक्षिणपश्चिम प्रान्तहरुमा दशककै सबै भन्दा शक्तिशाली ताइफु

जापानको दक्षिणपश्चिम प्रान्तहरुमा दशककै सबै भन्दा शक्तिशाली ताइफु

ओसाका: भनिन्छ जापान प्रकृतीक प्रकोपले ठगिएको देश हो। यहाँ बर्सै पिच्छे भुकम्प बाढी आधिले हजारौं मानिसहरू हाताहात हुने गर्दछ्न।

एक बर्स अघि उत्तर पुर्बी जापानमा बितन्डा मच्चाएको ताइफुले यसपाली दक्षिण पश्चिम जापानमा बितन्डा मच्चाइराखेको छ।यो समाचार तयार पार्दा सम्म जापानको दक्षिण टापु ओकिनावामा द्रुत गतिमा पानी सहित हावाहुरी चलिरहेको छ।

प्रतिघण्टा २०० किलोमिटरको गतिमा बहिरहेको शक्तिशाली हावा, जुन झन्डै जापानमा चल्ने बुलेट रेलको स्पिड बराबरको हो। यसको असर ओकिनावामा भैरहेको छ भने खागोसिमा, कुमामोतो, नागासाकी तथा फुकुओका लगायतका क्षेत्रमा पनि भारी बर्षा भइरहेको छ।

बिस्तारै यसको प्रभाब उत्तर पश्चिम दिशातर्फ अघि बढिरहेको छ। राजधानी टोकियो सहित कान्तो कान्साइ लगायतका क्षेत्रहरूमा भने यसको प्रभाव नगन्य नै हुनेछ। यो ताइफुको मुख्य प्रभाव दक्षिणपश्चिमी जापानमा रहेको छ। प्रभावित क्षेत्रका हजारौं कन्भेनियन स्टोर तथा कम्पनीहरु बन्द गरिएको छ

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *