Home / Nepal / बलिउड अभिनेता अमिताभ बच्चनले एक लाख मजदुरलाई सहयोग गर्ने

बलिउड अभिनेता अमिताभ बच्चनले एक लाख मजदुरलाई सहयोग गर्ने

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाले प्रभावित भारतीय चलचित्र उद्योगका एक लाख मजदुरलाई सहयोग गर्ने भएका छन् ।

अभिनेता अमिताबले अल इन्डिया फिल्म एप्लाइज कन्फेडेरेसनमा आबद्ध एकलाख मजदुुरलाई एक महिनासम्म पुुग्ने खाद्यन्न उपलब्ध गराउने भएका हुन् । 

उनले भारतीय जनतालाई घरभित्रै बसेर सरकारले घरबाहिर ननिस्कन आग्रह गर्दै जारी गरेको लकडाउनलाई साथ दिन आग्रह गरेका छन् । 

सलमान खानले २५ हजार चलचित्र प्राविधिकलाई सहयोग गरिसकेका छन् ।

अक्षय कुमारले २५ करोड रुपैयाँ कोरोना नियन्त्रण कोषमा उपलब्ध गराइसकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *