Home / Nepal / आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रीवितरण गर्ने

आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रीवितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रीवितरण गर्ने निर्णय गरेको छ।

निगम सञ्चालक समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो। निगमले बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न निर्देशन दिएको छ।

बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै आयल निगमले चैत १६ गते आइतबार दिउसो १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो।

आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।

निगमको बैठकले यसअघि जारी गरेको निर्देशनअुनसार ग्यास सिलिण्डर लिन नागरिकता अनिवार्य र एक परिवारलाई एउटा सिलिण्डरको व्यवस्थालाई यथावत राखिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *