Home / Nepal / News / सरकारले खाद्यवस्तु होम डेलिभरी गरिदिने

सरकारले खाद्यवस्तु होम डेलिभरी गरिदिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई घरैसम्म खाद्यवस्तु उपलब्ध गराउने भएको छ । कम्पनीले ई–कमर्सको अवधारणअनुरुप अनलाइन पर्चेज सेवा सञ्चालनमा ल्याएको हो ।

महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ का कारण देश लामो समयदेखि लकडाउनमा छ । यस्तो अवस्थामा कम्पनीले सर्वसाधारणलार्इ अत्यावश्यक खाद्य वस्तुहरु मागबमोजिम घरघरमा नै पुर्‍याउने व्यवस्था गरेको हो ।

घरैसम्म खाद्यवस्तु पाउनका लागि उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइन पोर्टलमा जानुपर्नेछ । कम्पनीको पोर्टल नेपालफुड डट जीओभी डट एनपी मा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु अर्डर गर्न सक्नेछन् । हालका लागि कम्पनीले चक्रपथ भित्रमात्र अर्डर डेलिभरी गर्नेछ ।

उपभोक्ताले अर्डर कन्फर्म भएको १ दिन भित्र डेलिभरी पाउने कम्पनीको दाबी छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरू गरेको होम डेलभरी सेवाबाट लाभ लनका लागि न्यूनतम २ हजार रूपैयाँको अर्डर गर्नुपर्नेछ भने भुक्तानी नगद वा ई–पेमेन्ट गर्न सकिन्छ । कम्पनीले उपभोक्तालार्इ ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीले अञ्चल कार्यालय, काठमाडौं मा सम्पर्क गर्न तथा ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोन गर्न आग्रह गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । केही महिनाअघि साबिकको खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनीलाई मर्ज गरेर यो कम्पनी बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *