Home / World News / २१६ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २१ हजार नाघ्यो

२१६ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २१ हजार नाघ्यो

काठमाडौं । २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख २१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख २१ हजार ४६२ संक्रमितको मृत्यु भइसकेको छ । 

हालसम्म संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको तथ्यांकमा उल्लेख छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *