Home / Nepal / News / पोखरामा कोरोनाका कारण ३२ बर्षिया महिलाको मृत्यु

पोखरामा कोरोनाका कारण ३२ बर्षिया महिलाको मृत्यु

कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो । 

“उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले भने ।

गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ । भदौमा कोरोनाले मृत्यु भएको यो तेस्रो घटना हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *