Home / Nepal / वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न सकेन : सिटौला

वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न सकेन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् । 

झापाको चन्द्रगढीमा आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गरे । 

“कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उनले भने । 

एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि कांग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गरे । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *