Home / Society / झापामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

झापामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

दमक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो। साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *