बिराटनगर- प्रदेश १ कै सबैभन्दा ठुलो अस्पतालको रुपमा रहेको नोबेल शिक्षण अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले आज एकैसाथ राजिनामा दिएका छन्।
कोरोनाको उच्च जोखिमको बीच समेत आफुहरुले आफ्नो ज्यानको प्रवाह नगरी दिनरात काम गरिरहेता पनि अस्तपाल प्रशासनले आफ्नो कामको कदर नगरेको तथा कोरोना भाईरससंग लड्ने उचित सुरक्षाको व्यवस्था समेत उपलब्ध नगराएको भन्दै आफुहरुले एकै साथ राजिनामा दिन बाध्य भएको एक कर्मचारीले बताएका छन्।
यस्तो विषम परिस्थितीमा सेवा प्रवाह गरेबापत प्रोत्साहन पाउनु सट्टा आफुहरुले उल्टै तलव समेत नपाएको राजिनामा दिने कर्मचारी हरुले बताए।
यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा पनि हाम्रो बारेमा अस्पताल प्रशासनले खासै ध्यान न दिएको उनीहरुको गुनासो थियो।
यस बिषयमा अस्पताल प्रशासन सङ जानकारी लिदा अस्पतालमा कार्यरत ५५ जना कर्मचारीहरुले सामुहिक राजिनामा दिएका अस्पताल प्रशासनले जानकारी दिएको छ।
सामुहिक राजिनामा दिएका कर्मचारि हरुको राजिनामा स्वीकृत भइ नसकेको र यस विषयमा भोली मात्र छलफल हुने अस्पताल प्रशासनले जानकारी दिएको छ।





