Home / Nepal / News / कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । 

मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *