काठमाडौं: छिमेकी मुलुक भारतले कोभिड-१९ को भ्याक्सिनको क्लिनिकल ट्रायल तेस्रो चरणमा रहेको बताएको छ।
यसलाई सिरम इन्स्टिच्युटले निर्माण गरिरहेको छ।जो बिस्वकै सबै भन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो।
करिब दुई महिना भित्र क्लिनिकल ट्रायल पुरागरी अबको २.५ महिना भित्र नै कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने बताइएको छ।
उक्त भ्याक्सिन ‘राष्ट्रिय खोप कार्यक्रम’अन्तर्गत नागरिकलाई निःशुल्क प्रदान गरिने उल्लेख छ।
सिरमले एस्ट्राजेनेका कम्पनीसँग विशेष सम्झौता गरी निर्माण अधिकार खरिद गरेर भारतलगायत अन्य ९२ मुलुकमा भ्याक्सिन बिक्री गर्ने योजना बनाएको छ। सिरमले यसवापत् रोयल्टी प्राप्त गर्नेछ।
सिरम कम्पनी प्रत्येक महीना करिब ६ करोड डोज बनाउने र आगामी अप्रिलसम्म कम्पनीले क्षमता बढाएर पर्याप्त खोप बनाउने योजना अघि सारेको छ।
सिरम कम्पनिलाइ बिलगेट्स फाउन्डेसन लगायतले खोप निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा यश अघिनै गरिसकेका छन। यसबाट नेपाल लगायत अति बिपन्न मुलुकले सस्तो मुल्यमा खोप खरिद गर्न सहयोग पुग्नेछ।






