Home / Society / महिलाहरु ऋषि पञ्चमीको व्रत बस्दै

महिलाहरु ऋषि पञ्चमीको व्रत बस्दै

काठमाडौ- हरेक बर्षको भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी व्रत आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाएका छन्।

महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र आदि ऋषिहरुको पूजा आराधना गर्ने प्रचलन रहेको छ। र त्यही भएर आजको दिनमा गरिने पुजालाइ ऋषि पञ्चमी पूजा भनिएको हो।

नारीहरुलाई रजस्वलाको समयमा छुन नहुने भन्ने धार्मिक मान्यता रहेको र आजको दिनमा स्नान गरि व्रत बस्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् हरु बताउँछन्।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि रहेको छ।

आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ। तर यसपटक भने कोरोना कहरले ती क्षेत्र सुनसान छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *