Home / World News / आगामी महिनाको सुरुवातबाट जापान जान चाहने हरुको प्रवेशमा केही खुकुलो हुने

आगामी महिनाको सुरुवातबाट जापान जान चाहने हरुको प्रवेशमा केही खुकुलो हुने

आउदो महिनाबाट जापानले बिदेशी नागरिकलाइ जापान प्रबेशमा केही खुकुलो बनाउने निर्णय गरेको छ।

कोभिड १९ का कारण फेब्रुअरी बाट आंशिक तथा अप्रिलबाट सीमा बन्द गरेको भएता पनि आगामी महिना बाट सिमामा केही खुकुलो गर्ने निर्णयमा पुगेको छ।

जापानको प्रतिष्ठित पत्रीका आसाही शिम्भुनले शनिवार श्रोतलाई उधृत गर्दै सीमापार नै अड्किएर बस्न बाध्य भएका जापानी तथा बिदेशी नागरिकका लागि अर्को महिना बाट प्रवेश खुकुलो हुने जनाइएको छ।

निश्चितमापदण्ड पूरा गरेका विदेशी विद्यार्थीलाई आगामी सेप्टेम्बर महिनाको सुरुवात बाट प्रवेश दिइने निर्णय सरकारी अधिकारीहरुले गरेका छन्।

आवासीय अनुमती भएका विदेशी नागरिकहरूलाई पनि सेप्टेम्बरदेखि जापान पुनः प्रवेशको अनुमति दिइने सरकारी स्रोतले जनाएको छ।

जापानमा अधिकांश विदेशी विद्यार्थीहरू अक्टोबर इन्टेक र अप्रिल इन्टेकमा आउने गर्दछन।
नेपालबाट जापान आउने तयारिमा रहेका बिद्यार्थीहरुलाइ जापान सरकारको निर्णयले केही राहत हुनेछ।

हरेक बर्स नेपालबाट ठूलो संख्यामा बिद्यार्थी भिसामा जापान आउने गर्दछ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *