Home / World News / कोरोनाको कारण २४ घण्टामा विश्वमा करिब ७ हजारको मृत्यु

कोरोनाको कारण २४ घण्टामा विश्वमा करिब ७ हजारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ७१३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा कम हो । 

अघिल्लो २४ घण्टामा ६ हजार ९८४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५१ हजार १५४ जनाको ज्यान गइसकेको छ । 

संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६ पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *