Home / Nepal / सीआईबीको नाममा ठगी गर्न खोज्‍ने आलोचना साप्ताहिकका पत्रकार पक्राउ

सीआईबीको नाममा ठगी गर्न खोज्‍ने आलोचना साप्ताहिकका पत्रकार पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाममा ठगी गर्न खोजेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आलोचना साप्ताहिकका पत्रकार शंकरप्रसाद अधिकारी छन् । सीआईबी प्रमुख डीआईजी सहकुल थापाले भने, “अधिकारीले एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउका लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले ५ लाख रुपैयाँ दिए मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ भन्दै धम्याएको पाइयो ।”

अधिकारीलाई सीआईबीको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको डीआईजी थापाले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *