Home / World News / श्री राम मन्दिरको भूमि पूजनमा सहभागी महन्तलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था बिग्रिँदै

श्री राम मन्दिरको भूमि पूजनमा सहभागी महन्तलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था बिग्रिँदै

नयाँ दिल्ली । भगवान श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासको स्वास्थ्य अवस्था बिग्रिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार महन्त गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

कृष्ण जन्माष्टमीभन्दा अगावै महंत नृत्य गोपाल दास मंगलवार बेलुकी मथुराको सीता–राम आश्रम पुगेका थिए । यसअघि उनी अयोध्यामा सम्पन्न राम मन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा महन्त प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गवर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवतका साथ मञ्चमा उपस्थित थिए । – बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *