Home / Society / विराटनगर क्षेत्रमा एकसाताको लागि लकडाउन थप

विराटनगर क्षेत्रमा एकसाताको लागि लकडाउन थप

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ । 

विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो । 

महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । विराटनगरमा विहीबार ६० जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितको ४१५ पुगेको छ । कोरोनाबाट विराटनगरमा मात्र पाँच जनाको ज्यान गईसकेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *